सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भक्तपुरमा बाढीले बगाएका चालक अझै बेपत्ता

भक्तपुरमा बाढीले बगाएका चालक अझै बेपत्ता

7680
Shares
भक्तपुरमा बाढीले बगाएका चालक अझै बेपत्ता

भक्तपुर । भक्तपुरको चुनदेबी क्षेत्रमा हिजो परको पानीले बगाएका चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बुधबारदेखि बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

ना६ख १६१६ नम्बरको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उनलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको प्रधानले जानकारी दिए ।

घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए ।

सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए । सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् ।

सुरक्षाकर्मीको टोलीले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

7680
Shares

ट्रेन्डिङ