सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • `बल्लपो तामाङको हुल उठ्यो´ भन्दै गाए आस्मान लोप्चनले खान्दोके भाका

`बल्लपो तामाङको हुल उठ्यो´ भन्दै गाए आस्मान लोप्चनले खान्दोके भाका

5515
Shares
`बल्लपो तामाङको हुल उठ्यो´ भन्दै गाए आस्मान लोप्चनले खान्दोके भाका

२८ पुस, काठमाडौँ । गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका तामाङको हुल उठ्यो सार्वजनिक भएको छ । खान्दोके सेलो सिन्धुपाल्चोक जिल्ला आसपासमा प्रचलित भाका हो । लोप्चनको आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् । भिडियोमा लोप्चनसहित प्रितम तामाङ, रञ्जिता तामाङ, आस्मा लामा र बले तामाङको अभिनय रहेको छ ।

रामेश्वर जिरेलले खिचेको भिडियोलाई दीपक तामाङले सम्पादन गरेका हुन् भने भिडियोको छायांकन सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा गरिएको हो । मौलिक परम्परा झल्किने गीत भएकाले भिडियोमा पनि तामाङ समुदायको मौलिक परम्परालाई समेटिएको गायक लोप्चनले बताए ।

लोप्चनको यो चौथौ प्रस्तुति हो । यसअघि उनका आस्याङकी छोरी, हिमाल पारिको गाउँ र नक्कली गोरी ठिटीलाई गीत सार्वजानिक भइसकेका छन् । तामाङ समुदायमा सैलुङ्गे जुहारी ,फापरे सेलो ,म्हेन्दोमाया भनेझैं खान्दोके भाका पनि तामाङ सेलोको एक पाटो हो । खान्दोके भाकाको प्रवर्द्धन गर्न आफू सधैं लागिपर्ने गायक लोप्चनले बताए।

5515
Shares

ट्रेन्डिङ