सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने

देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने

5495
Shares
देशभर युरिया मलको चरम अभाव,  नेपाल आइपुग्न अझै २० दिन लाग्ने

काठमाडौं, १ भदाै । चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ ।

देशभरका कृषक युरिया मलको चरम अभाव झेलिरहँदा कृषि मन्त्रालयले आयात गरेको २१ हजार ५ सय मेट्रिक टन युरियामध्ये २ सय ५० मेट्रिक टन मात्र सोमवार (आज) विराटनगर आइपुग्दै छ । धानबालीका लागि मात्रै अहिले ३० हजार मेट्रिक टन युरियाको माग रहेका समयमा यो परिमाण अत्यन्त न्यून रहेको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

कोलकाता बन्दरगाहमा रहेको बाँकी मल नेपाल आइपुग्न अझै २० दिन लाग्ने कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शिरिष पुनले बताए । साल्ट ट्रेडिङले बन्दाबन्दीअघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको युरिया मल बन्दाबन्दीकै कारण गुजरातको कान्डलामा आएपछि अलपत्र परेको थियो ।

धान रोपाइँ सकिएसँगै कृषकलाई अहिले युरियाको आवश्यकता छ । तर, रासायनिक मल विक्री वितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा युरिया मलको मौज्दात लगभग सकिएको छ । दुवै कम्पनीसँग अहिले डीएपी १८ हजार मेट्रिक टन र पोटास २ हजार ६ सय मेट्रिक टन मौज्दात रहेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

5495
Shares

ट्रेन्डिङ