सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सोलुखुम्बुमा स्थानीय निकाय कार्यान्वयनमा

सोलुखुम्बुमा स्थानीय निकाय कार्यान्वयनमा

3650
Shares
सोलुखुम्बुमा स्थानीय निकाय कार्यान्वयनमा

सोलुखुम्बुमा सोमबार आठवटा सबै स्थानीय निकाय कार्यान्वयनमा आएका छन् । जिल्ला समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारीले जिल्लास्थित एक नगरपालिका र सात गाउँपालिकामा कायममुकायम तोकी कार्य सञ्चालनको आदेश दिए पछि सबै स्थानीय निकाय कार्यान्वयनमा आएका हुन् ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा साबिकको दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईलाई कामु कार्यकारी अधिकृत तोकिएको छ ।
त्यस्तै, महाकुलुङ गाउँपालिकामा चन्द्रप्रसाद लुइँटेल, सोताङ गाउँपालिकामा विनोद केसी, दूधकोसी गाउँपालिकामा राजु गिरी र खुम्बु–पासाङल्हामु गाउँपालिकामा विनोद बस्नेतलाई कामु तोकिएको छ । दूधकौशिका गाउँपालिकामा रवीन्द्र कटुवाल, नेचासल्यान गाउँपालिकामा गणेशदत्त रावल र लिखुपिके गाउँपालिकाको कामु कार्यकारीमा लक्ष्मी भट्टराईलाई तोकिएको छ ।
साबिकको जिविसले सोमबार नै साइनबोर्ड परिवर्तन गरी जिल्ला समन्वय समिति बनाएको छ भने साबिकको दूधकुण्ड नगरपालिकाले पनि बोर्ड परिवर्तन गरी सोलुदूधकुण्ड नगरपालिका बनाएको छ । सबै स्थानीय निकायले तोकिएको कार्यादेशअनुसार काम सुरु गरेका स्थानीय विकास अधिकारी सापकोटाले बताउनुभयो । रासस

3650
Shares

ट्रेन्डिङ