सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सेलिब्रेटीको आवाज प्रयोग गरि कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

सेलिब्रेटीको आवाज प्रयोग गरि कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

1500
Shares
सेलिब्रेटीको आवाज प्रयोग गरि कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ ।

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यु योर्क टाइम्सले जनाएको छ ।

मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरु प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको छ ।

रासस

1500
Shares

ट्रेन्डिङ