सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा २३ सयभन्दा बढीले दिए म्यादी प्रहरीको लिखित परीक्षा

काभ्रेमा २३ सयभन्दा बढीले दिए म्यादी प्रहरीको लिखित परीक्षा

8365
Shares
काभ्रेमा २३ सयभन्दा बढीले दिए म्यादी प्रहरीको लिखित परीक्षा

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि काभ्रेमा २३ सयभन्दा बढीले म्यादी प्रहरीको लिखित परीक्षा दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीका अनुसार आज भएको लिखित परीक्षामा २३ सय ३१ जना सहभागि थिए । काभ्रे जिल्लालाई १४९५ जना म्यादी प्रहरी माग गरिएको छ ।

३१७३ जनाले आवेदन भरेका थिए । लिखित परीक्षा उत्तीर्ण हुनेको नामावली २० गते प्रकाशन गरिनेछ । अन्तवार्ता २१ गतेबाट सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

8365
Shares

ट्रेन्डिङ