सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

5890
Shares
ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ ।
गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई आज यहाँ आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापीरुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली साहित्य, कला, संस्कृति विधालाई राज्यले जुनरुपमा प्राथमिकता दिनुपर्ने हो त्यो दिन सकेको छैन ।” मन्त्री महतले महत्वपूर्ण सन्देश आम जनमानसमा पुर्याउन फिल्म क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई राज्यको सहजकर्ताको रुपमा लिनुपर्ने बताउनुभयो ।

5890
Shares

ट्रेन्डिङ