सबैको समाचार
आइतवार, साउन ४, २०८२

खुसीको मूल्य

6830
Shares
खुसीको मूल्य

अनिश सापकोटा(चितवन)
नरेश अहिले दस बर्षको भयो ।अस्ति भर्खर उसको दशौं जन्मदिन होटल हायातमा मनाइएको थियोे ।प्राध्यापक ,पत्रकार ,कलाकार ,व्यावसायी र नेताको लस्कर लाएको थियोे जन्मदिनमा।केही मन्त्रीहरू पनि सुटुक्क आएर देखिएर गएका थिए।उ सानोतिनो मान्छे कहाँ हो र? जन्मनसाथ अरबपति भएको थियोे ।उसको बुवाको निजी फाइभ स्टार होटल अनि आमाको काठमाडौंको नामुद निजी हस्पिटल ।उसका बाबुआमा सधैंभरि व्यस्त हुन्थे।उसका बाआमाको व्यस्तताले यस्तो लाग्थ्यो कि धन्न नरेश जन्मियो।

नरेशसँग बुवाआमाको भेट एक्लाएक्लै मात्रै हुन्थ्यो तर नरेश बाआमालाई देख्थ्यो सधैं थकित र असन्तुष्ट ।अस्ति बर्थडेमा उसले बाआमालाई महिना दिनपछि छुन पाएको थियो र उनीहरूको परिवार सँगै तीन महिनापछि मात्रै हुन पाएको थियो ।नरेशले बोर्डिङमा धनीहरू सुखी र रमाइलो जिन्दगी बाँचेका हुन्छन् भन्ने पढेको र सुनेको थियो ।तर उसले गाडीमा स्कुल जाँदा आउँदा गाडीबाट एउटा सानो झुपडी साइकल दोकान जहाँ एक दम्पती र उनीहरूको एउटा छोरा देखिन्थे जहाँ बुढा साइकल बनाइरहेको हुन्थ्यो अनि बुढी छोरालाई खाना खुवाउँदै बुढाले साइकल बनाएको हेरेरहेकी हुन्थी।कहिले छोरो साइकलमा हावा हाल्न लाएको देखी बुढाबुढी मूर्च्छा परेर हाँसेका देखिन्थे।

उनीहरू सबैका कपडा मैला र पुराना देखिन्थे।साइकलको कालोले बुढाको अनुहार र हात पुरै टाटैटाटो भएको हुन्थ्यो अनि छोराको गालामा पनि ।तर त्यहाँको खुसी र आनन्दले नरेशलाई अचम्म लाग्थ्यो ।एकदिनको कुरा हो ।उसका बुवाआमाको म्यारिड अनिभर्सरी घरमै मनाउने तय भयो ।सारा मानिसहरूको भीड थियो ।त्यहाँ एउटा रमाइलो कार्यक्रम गर्ने भन्ने तय भयो ।कार्यक्रम थियोे -छोराले माइकबाट बुवाआमालाई कुनै रमाइलो प्रश्न गर्ने अनि बुवाआमाले उत्तर दिनुपर्ने ।प्रश्न पूर्व अनिर्धारित थियो ।

छोराले जे सोध्छ सोधोस्।माइक नरेशको हातमा अाय‍ो सबै मानिसहरू हातमा वियरका प्याला लिएर गोलो लगाएर हेरिरहेका थिए।अनि छोराले प्रश्न सोध्यो – ड्याड् मम् !मैले स्कुलमा गरीबहरू सधैं दुःखी हुन्छन् अनि धनीहरू सुखी खुसी हुन्छन् भन्ने सुनेको थिएँ तर म स्कुलबाट आउँदा पल्लो चोकको साइकल पसलका अङ्कल अन्टी अनि एउटा ब्वाइ सधैं रमाइरहेका ,खुसी भएको देख्छु तर तपाईंहरू कहिले पनि मलाई काखमा लिनुहुन्न।न कहिले खुसी देखिनुहुन्छ न कहिले रमाएको रेकर्ड छ।के तिनीहरू हामीभन्दा पनि धनी छन् ??..प्रश्न सकियो ..त्यसपछि केही समय यसरी सन्नाटा छायो कि मानौं यो कुनै शोकसभा हो ।

6830
Shares

ट्रेन्डिङ