सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पेस्तोल १ थान र गोली ३ राउण्ड सहित एक जना पक्राउ

पेस्तोल १ थान र गोली ३ राउण्ड सहित एक जना पक्राउ

2155
Shares
पेस्तोल १ थान र गोली ३ राउण्ड सहित एक जना पक्राउ

काठमाण्डाै । मोरङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। धनपालथान गाउँपालिका-२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक जनालाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रविन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाइराखेको पेस्तोल र गोली फेला पारेको हो।

पेस्तोल फेला पारेपछि प्रहरीले चालकलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

2155
Shares

ट्रेन्डिङ