सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • छक्का पञ्जालाई ऋचाको जवाफ : महिलालाई थप्पड हानेको दृश्यमा कसरी हाँस्ने ?

छक्का पञ्जालाई ऋचाको जवाफ : महिलालाई थप्पड हानेको दृश्यमा कसरी हाँस्ने ?

5520
Shares
छक्का पञ्जालाई ऋचाको जवाफ : महिलालाई थप्पड हानेको दृश्यमा कसरी हाँस्ने ?

मंसिर १३,काठमाडौँ। नायिका ऋचा शर्माले आफूले छक्का पञ्जाका दर्शकलाई मूर्ख नभनेको स्पष्टिकरण दिएकी छिन्। मंगलबार उनले आफ्नो फेसबुक, टुइटरमा एक लेख पोस्ट गर्दै । आफूले छक्का पञ्जा फिल्ममा महिलामाथि गरिएका अपमानजनक दृश्यहरुको आलोचना गरेको भएपनि बाहिर चर्चा भएजस्तो उक्त फिल्म हेरेर ताली बजाउँने दर्शक मूर्ख भएको भनी कहिल्यै नभनेको बताएकी छिन् । चलचित्रमा महिला हिंसालाई हास्ने विषय बनाउनु हुँदैन भन्ने विषयमा विचार राख्न कहल्यिै पछि नपर्ने अडान लिएकी छिन् ।
उनले दर्शकले गर्ने तर्क र आलोचनालाई आत्मासाथ गर्न सक्नु असल कलाकारको गुण भएको भनेकी छिन् । चलचित्रमा महिला हिंसाको विषय हाँसोको विषय बनाएकोमा आलोचना गरेको बताएकी छिन्। ऋचा भन्छिन् ‘म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ, फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा ताली बजाउँन सकिन भनेकी हुँ, किनभने अहिलेको समयमा बिहेकै लोभमा महिलाले यति धेरै थप्पड खाँदैनन्’।
आफूले एकादेश फिल्म फेस्टिभलमा बोल्दा कमेडी फिल्ममा त्यस्ता दृश्य राख्नु अनुचित रहेको भन्ने प्रतिक्रिया मात्रै दिएको र फिल्म हेर्ने दर्शकलाई मूर्ख नभनेको बताएकी छिन्।

फिल्मबाट कुनै समुदायको चित्त दुखेमा त्यसलाई सच्याएर जानु आफ्नो कद घटाउनु नभएको भन्दै भुइ र समयसँग नजोडिएको मेकरको जग बलियो नहुने धारणा व्यक्त गरेकी छिन्।

5520
Shares

ट्रेन्डिङ