सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक

चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक

5810
Shares
चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत "तिमीविना मान्दैन"  को भिडियो सार्वजनिक

चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन”  को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ ।  यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए ।  कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।
5810
Shares

ट्रेन्डिङ