सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य संस्थामा औषधी अभाव खरिदका लागि आएको रकम पनि खर्च भएन

स्वास्थ्य संस्थामा औषधी अभाव खरिदका लागि आएको रकम पनि खर्च भएन

5235
Shares
स्वास्थ्य संस्थामा औषधी अभाव खरिदका लागि आएको रकम पनि खर्च भएन

स्थानीय तहकै लापरवाहीले गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव
खरिदका लागि आएको रकम पनि खर्च भएन

१६ कात्तिक, गोरखा । गाउँपालिकाकै लापरवाहीका कारण गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव भएको छ ।यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् खरिद गरेर सबै स्वास्थ्य संस्थामा पठाइने गरेको थियो । अहिले हरेक स्थानीय तहमा औषधी खरिदका लागि बजेट विनियोजन भएको छ । तर, उक्त बजेटको सदुपयोग गर्न गाउँपालिकाहरुले चासो दिएका छैनन् ।

करिब एक सातादेखि धार्चे गाउँपालिकाको गुम्दामा फैलिएको मौसमी भाइरल औषधी अभावकै कारण नियन्त्रणमा आउन सकेको छैन । बिरामीहरुलाई तातोपानी पिउन सुझाव दिँदै फर्काइने गरेको छ ।

कार्यकारी अधिकृत नहुँदा औषधी खरिद गर्न नसकिएको उक्त गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । उनले भने, ‘उधारोमा भए पनि औषधी खरिद गर्न भनिसकेको छु ।’कार्यकारी अधिकृत नहुँदा आर्थिक नियमावली र व्यवस्थापन गर्न नसकिएकाले खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको उनले बताए ।

जिल्लाका अधिकांश स्थानीय तहले औषधी खरिदका लागि निकासा भएको बजेट खर्च गर्न सकेका छैनन् । ‘कोटेसन’बाटै पाँच लाखसम्मको औषधी खरिद गर्न सकिन्छ, फेरि बोलपत्र आव्हान गरेर २० लाखसम्मको खरिद गर्न मिल्ने प्रावधान छ । ‘तर, औषधी खरिदमा स्थानीय तहले किन ढिलाइ गरिरहेका छन्, थाहा छैन,’ जिल्ला जनस्वास्थ्यका एक कर्मचारी भन्छन् ।- अनलाईन खबर बाट

5235
Shares

ट्रेन्डिङ