सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • फिफा अध्यक्ष जियानी विरुद्ध पेप ग्वार्डिओला

फिफा अध्यक्ष जियानी विरुद्ध पेप ग्वार्डिओला

5360
Shares
फिफा अध्यक्ष जियानी विरुद्ध पेप ग्वार्डिओला

विश्वकप फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपमा १६ समूह बनाएर ४८ देशलाई खेलाउने योजना सार्वजनिक गरे लगतै म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले त्यसको विरोध गरेका छन् ।
विश्वकपमा ३२ टिमबाट बढाएर ४८ टिम खेलाउने फिफा अध्यक्षको योजनाको विपक्षमा प्रशिक्षक पोप उभिएका हुन । यस कदमले खेलको स्तर खस्कनुका साथै खेलाडीहरुलाई खेलप्रति नकारात्मक असर पर्ने उनको टिप्पणी छ ।
बार्सिलोना र बार्यन म्युनिखका पूर्व प्रशिक्षक समेत रहेका पेपले भने, यो इंग्लिस फुटबलको मात्र कुरा होइन, विश्वभरकै हो ।
यदि खेल ४८ टिममा खेलाएका खेलाडीहरुले आराम कुनै समय नै नहुने उनको तर्क छ । म खेलाडीहरुको बारेमा सोचिरहेको छु । खेलाडीहरुले ब्रेक लिन पाउनुपर्छ उनीहरुलाई आरामको आवश्यकता हुन्छ जसले गर्दा यो सम्भव छैन । उनले थपे ।
उनले क्लबहरुले खेलाडीमाथि ठूलो रकम खर्चिएको भन्दै तीनको सटो अब ५/६ खेलाडी सब्सिच्युट गर्न पाउनु पर्ने बताए ।

5360
Shares

ट्रेन्डिङ