सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

1275
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

 केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा थुनामा रहेका रायमाझीलाई स्वास्थ्यमा समस्या भएपछि   महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको टगी प्रकरणमा रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

1275
Shares

ट्रेन्डिङ