सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मोबाइल चोरेर जमिन मुनि गाड्ने काभ्रेका पारस पक्राउ

मोबाइल चोरेर जमिन मुनि गाड्ने काभ्रेका पारस पक्राउ

15575
Shares
मोबाइल चोरेर जमिन मुनि गाड्ने काभ्रेका पारस पक्राउ

मोबाइल चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोबाइल चोरको आरोपमा काभ्रेका एक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वर्दियाको गेरूवा गाउँपालिका–४ खोनपुर बस्ने सागर कटुवाल र सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक ठेगाना भएका पारस तामाङ आइतबार पक्राउ परेका हुन् ।

गेरूवा गाउँपालिका–५ सुखाङ बस्ने मनिराम थारूको घरबाट सागर र पारसले मोबाइल चोरी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले सागर कटुवालको घरमै बसिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्लाष्टिकमा राखेर जमिन मुनि पुरेको अवस्थामा चोरी भएका ४ थान मोबाइल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

15575
Shares

ट्रेन्डिङ