सबैको समाचार
बुधबार, असार १०, २०८३

मेडिकल सेन्टरमा सिलबन्दी

5395
Shares
मेडिकल सेन्टरमा सिलबन्दी

तिलगङ्गामा रहेको एलिसा मेडिकल सेन्टर प्रालि नियम विपरीत सञ्चालन भएको पाएपछि उक्त मेडिकल सेन्टरमा सिलबन्दी गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमतिपत्र नलिई सञ्चालन गरेको र विदेश जाने व्यक्तिको स्वास्थ्य परीक्षणसमेत गरिएको रजिस्टर फेला परेपछि सिलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
सिलबन्दी गरिएको उक्त मेडिकल सेन्टरलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित उपस्थित हुन पनि निर्देशन दिइएको छ । त्यसैगरी, तिलगङ्गामा नै रहेको हेल्थ केयर सेन्टर प्रालिले म्याद नाघेका औषधि बिक्री गरेको तथा व्यवसाय दर्तासम्बन्धी कागजात नभएको हँुदा २४ घण्टा भित्र विभागमा आउन निर्देशन दिएको छ ।
लेबल नभएका र म्याद नाघेका सामान बिक्री वितरण गरेको, व्यवसाय दर्ता नवीकरण नगरेको, नापतौल प्रमाणीकरण नगरेको हुँदा ठमेल सुपरमार्केट, ठमेल, श्री हिमालयन ट्रेडिङ्ग, ठमेल, राइट प्रालि ठमेललाई लेबल प्रष्ट भएका सामान मात्र बिक्री वितरण गर्न, दर्ताअनुसारको साइनबोर्ड राख्न, कम्प्युटर बिलिङ र नापतौल प्रमाणीकरण गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । रासस

5395
Shares

ट्रेन्डिङ