सबैको समाचार
आइतवार, भदौ १४, २०८३
  • होमपेज
  • स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

125
Shares
स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

काभ्रेपलान्चोक । पनौती नगरपालिकाभित्र रहेका तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट प्राप्त नतिजा सार्वजनिक गरिएको छ।

पनौती नगरपालिकाको आयोजना तथा एकीकृत सामुदायिक विकास नेपाल (आईसीडीएन) को प्राविधिक सहयोगमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मार्फत सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरिएको हो।

नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत सामुदायिक विकास नेपालका अध्यक्ष श्याम तिमल्सिना, स्वास्थ्य शाखा प्रमुख जनक केसी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनक केसीले सामाजिक परीक्षणको उद्देश्य तथा नगरपालिकाले प्रदान गरिरहेका स्वास्थ्य सेवाबारे जानकारी गराएका थिए।

उनले सामाजिक परीक्षणबाट प्राप्त नतिजा सार्वजनिक गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच, सेवाको गुणस्तर, प्रभावकारिता तथा स्वास्थ्य संस्थाको जवाफदेहिताबारे सुझाव संकलन गरी सुधारका योजना बनाउने उद्देश्य रहेको बताए।

कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख रामशरण भण्डारीले सामाजिक परीक्षणलाई अझ विस्तृत बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले स्वास्थ्य संस्थाको आर्थिक तथा प्रशासनिक पक्षलाई थप व्यवस्थित बनाउन केन्द्रीकृत लेखा प्रणालीमार्फत लेखापरीक्षण गर्न सकिने सुझाव दिँदै छुट्टाछुट्टै स्वास्थ्य संस्थामा अडिट गर्दा आर्थिक भार बढ्ने बताए।

नगर प्रमुख भण्डारीले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूले नागरिकलाई कस्तो सेवा प्रदान गरिरहेका छन् भन्ने विषयमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको बताए।

125
Shares

ट्रेन्डिङ