सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कर्णाली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

कर्णाली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

1375
Shares
कर्णाली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

काठमाडौँ | कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्।

बाजुराको जगन्नाथ गाउँपालिका–२ मा साेही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन्।

बिहीबार दिउँसो उनीहरूसँगै अन्य तीन जना बालिका नुहाउने क्रममा नदीमा बगेका थिए।

बगेको देखेपछि स्थानीयले तीन जना बालिकाको सकुशल उद्धार भएको थियो।

बेपत्ता बालिकाहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

1375
Shares

ट्रेन्डिङ