सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

4915
Shares
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

काठमाडौं, माघ २९ः राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरु बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’

घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने दिइ आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

4915
Shares

ट्रेन्डिङ