सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • चित्रकला प्रतियोगिता सम्पन्न , सभागिलाई नगद सहित सम्मान

चित्रकला प्रतियोगिता सम्पन्न , सभागिलाई नगद सहित सम्मान

915
Shares
चित्रकला प्रतियोगिता सम्पन्न , सभागिलाई नगद सहित सम्मान

काभ्रे :- जिल्लाको बनेपा नगरपालिका वडा न. ८ को आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तरास्ट्रिय बाल दिवसको आयोजनामा गरिएको चित्रकलामा ११ विधालयका विधार्थीको सहभागिता रहेको थियो । सहभागी विधार्थिहरुलाई प्रमाण पत्र प्र्दान गरियो भने छात्र र छात्रा तर्फ ३ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

छात्र छात्रा तर्फ क्रमश प्रथमलाई ६ हजार , दितियलाई ४ हजार , त्रीतियलाई २ हजार नगद सहित प्रमाणले सम्मान गरिएको हो । सोही कार्यक्रमको अवसरका क्रममा वडा न ८ स्थाई घरभै भारतमा आयोजित बक्सिङ प्रतियोगितामा गोल्ड मेडल ल्याउने खेलाडी सन्देश मानन्धरलाई पनि प्रमाण पत्र सहित नगद १० हजार रुपैयाले वडा कार्यलयले सम्मान गरेको छ ।

सोही कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै बनेपा नगर प्रमुख शान्ती रत्न शाक्यले यस्ता क्रीयाकलापले बालबालिकाको क्षमता अभिवृद्धि हुनुको साथै बनेपाको भविस्य तपाईहरु भएकाले आजको तपाईले बनाएको चित्रमा बनेपाको भविस्य देखिएको शाक्यले बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै बनेपा वडा न ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरले बालबालिका भोलीका कर्णधार सिङो नगरकै भविस्य भएकाले नगरविकासको एउटा पाटोको रुपमा बालबालिकाको क्षमता वृद्धि गर्दै बाल विकासका लागि वडाले अन्य कार्य गर्दै आईरहेको र अझै थप कार्यक्रम पनि बनाउने मानन्धरले बताउनु भयो ।

कार्यक्रममा बनेपाका वडा न ८ का वडा सदस्य तथा वडा न ८ का विधालयका शिक्षक तथा बिद्यार्थी सहित वडाका कर्मचारी र चित्रकला प्रतियोगिताका निर्णयक मन्डल लगाएतको उपस्थिती रहेको थियो ।

915
Shares

ट्रेन्डिङ