सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • छवि र शिल्पाको विवाह हल्लाको भित्रि रहस्य बाहिरियो

छवि र शिल्पाको विवाह हल्लाको भित्रि रहस्य बाहिरियो

2990
Shares
छवि र शिल्पाको विवाह हल्लाको भित्रि रहस्य बाहिरियो

निर्माता छवि ओझा तथा नायिका शिल्पा पोखरेलको विवाह हुन लागेको चर्चा बेला–बेलामा नेपाली बजारमा चलिरहन्छ । हुन त छवि र शिल्पाको विवाहको चर्चा पहिले पनि भएको हो, त्यतिबेला उक्त हल्ला फिल्मको पब्लिसिटीका लागि मात्र चलाइएको चर्चा चलेको थियो तर अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का–पक्की भएको बताइँदैछ । निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले नायिकाका रूपमा अभिनय गरेकी छिन् ।
शिल्पा पोखरेलको चलचित्रमा प्रवेश भने सानो पर्दाबाट भएको थियो । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पा पोखरेलले टेलिचलचित्र घरभेटी बाबाट चर्चा पाएकी थिइन् । टेलिचलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्माता छवि ओझाको क्याम्पमा छिरेकी शिल्पा पहिलोपल्ट छवि ओझाले निर्माण गरेको चलचित्र लज्जामा अभिनय गरी चलचित्रमा प्रवेश गरेकी हुन् । भनिन्छ, अहिले उनीहरू ज्योतिषिले तत्काल विवाह गर्ने साइत नजुरेकाले विवाह गर्न मिल्दैन भनेकाले मात्र रोकिएका हुन् ।
-खबर डबली बाट साभार
 

2990
Shares

ट्रेन्डिङ