सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • जडीबुटीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

जडीबुटीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

6940
Shares
जडीबुटीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, २७ जेठ : जडीबुटीमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान साढे १० बजे पेप्सीकोलाबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००५-प १५९८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५१ नम्बरको कारले ठ’क्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते स्कुटर चालकको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

‘उनको १०:४५ बजेतिर मृत्यु भएको हो,’उनले भने। काडाँघारी बस्ने सुप्रभा लुइँटेलको मृत्यु भएको हो। कार चालक रामेश्वर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।

6940
Shares

ट्रेन्डिङ