सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मध्यपश्चिम बन्द, बन्दकर्तालाई प्रहरीले उठबस गरायो

मध्यपश्चिम बन्द, बन्दकर्तालाई प्रहरीले उठबस गरायो

3245
Shares
मध्यपश्चिम बन्द, बन्दकर्तालाई प्रहरीले उठबस गरायो

कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले मध्यपश्चिमाञ्चल बन्द गराएका छन् । बन्द गराउँदै हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ ।
गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए । त्यसको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए ।
बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् ।
दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको शहीद गेट नजिकै प्रहरीले नियन्त्रणमा लियो र सजायस्वरुप कान समातेर उठबस गर्न लगायो ।
प्रहरीले उठबस गराएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि बिभिन्न राजनीतिक दलहरुले बन्द गराउँदा केही पनि नगर्ने प्रहरीले आज हिन्दुवादीहरुलाई सार्बजनिक स्थानमा सजाय दिएको भन्दै केही व्यक्तिले प्रहरीको आलोचना पनि गरेका छन् ।
नरेन्द्र पुनले फेसबुकमा लेखेका छन्, ‘कस्तो अचम्म विगतमा विप्लव कमरेडका नेता र कार्यकर्तालाई देखिनसक्ने प्रशासन । अस्ति भर्खर एमालेले बन्द गर्दा केही गरेन । आज हिन्दुवादी र राष्ट्रवादीले बन्द गर्दा चाहिँ धरपकड । जताततै पक्राउ । हैन देश नै अहिन्दुवादी र अराष्ट्रवादीकै हातमा गएको हो त ?’
दाङ प्रहरीले घोराहीबाट मंगलबार बिहान ७ जना र सोमबार साँझ ६ जना बन्दकर्तालाई नियन्त्रणमा पनि लिएको छ ।

3245
Shares

ट्रेन्डिङ