सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राणालाई भोट माग्दै रेखा थापा पुगिन् माझीगाउँ

राणालाई भोट माग्दै रेखा थापा पुगिन् माझीगाउँ

3860
Shares
राणालाई भोट माग्दै रेखा थापा पुगिन् माझीगाउँ

काठमाडौँ, मंसिर १ । नायिका रेखा थापा बिहीबार साँगाचोक भीमटारस्थित पिछडिएका अल्पसंख्यक समुदाय माझीगाउँमा भेटिइन् । उनले गाउँलेहरुसँग भलाकुसारी गरिन् । सन्चोबिसन्चो सोध्दै गाउँका दुखसुख सोधिन् । केटाकेटीसँग पढाइबारे जानकारी लिइन् ।

इन्द्रावती नदीको यो सुन्दर गाउँमा उनी फिल्म सुटिङका लागि भने आएकी थिइनन् । केही समय फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा यहाँ आइपुगेकी हुन् ।उनी राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री पनि हुन् । पार्टी अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्याको प्रतिस्पर्धामा छन् ।त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो ।
-नागरिक

3860
Shares

ट्रेन्डिङ