सबैको समाचार
शुक्रबार, असार ६, २०८२
  • होमपेज
  • ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल

४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल

875
Shares
४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल

बेइजिङ :- युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् ।

वाङ्ग नाम गरेका ती पुरुष युट्युबका लागि भिडियो बनाउँथे । लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज बढाउन उनले खास उपाय निकालेका थिए । यसका लागि ती पुरुषले ४ हजार ६०० वटा फोन प्रयोग गर्थे । भ्युजबाटै उनले केही महिनामै साढे ५ करोड नेपाली रुपैयाँभन्दा बढी कमाए ।

साउथ चाइना मर्निङ्ग पोष्टका अनुसार वाङ्गको यो क्रियाकलापलाई गैरकानूनी ठहर गरिएको छ । उनलाई १५ महिनाको सजाय सुनाइएको भने ७ हजार अमेरिकी डलर (९ लाख ३७ हजार नेपाली रुपैयाँ) जरिवाना जरिवाना पनि तिराइएको छ ।

सञ्चार माध्यमहरुमा छापिएका समाचारका अनुसार वाङ्ले सन् २०२२ को अन्त्यतिर युट्युबमा भिडियो हाल्ने धन्दा सुरु गरेका थिए । भ्युज र लाइक बढाउन उनले अनौठो उपाय निकाले । यसका लागि ४ हजार ६०० थान फोन किने । यी फोन कन्ट्रोल गर्न विशेष क्लाउट सफ्टवेयरको प्रयोग गर्न थाले ।

यसका लागि उनले एउटा भीपीएन सर्भिस र नेटवर्क पनि किने । उनले केही क्लिककै भरमा लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज ह्वात्तै बढाउने सेट अप बनाए ।

यसरी उनले चार महिनाकै अन्तरालमा ४ करोड ८० लाख डलर (५ करोड ५५ लाख ७२ हजार नेपाली रुपैयाँभन्दा धेरै) कमाएको बताइएको छ ।

875
Shares

ट्रेन्डिङ