सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ : इन्दिरा जोशी

काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ : इन्दिरा जोशी

4620
Shares
काठमाडौं सानो भएपनि यहाँ धरैथोक पाइन्छ : इन्दिरा जोशी

काठमाडौँ, भदौ १२ । आजको नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी प्रकाशित छ । कुराकानीको केही अंश:

नेपालभित्र मनपर्ने सहर ?
-मेरो सबैभनदा प्यारो सहर पोखार हो ।

नेपाल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ?
-मैले झण्डै ३० देशको सह घुमेको छु । अस्ट्रेलिया, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु ।

ती देशमा मननपर्ने सहर ?
-इटलीको भेनस

हाम्रो देशका सहर र विदेशी सहरबीच भिन्नता ?
-नेपालबाट बाहिरिनासाथ प्रदूषण धुलो देख्नुपर्दैन । तर, बाहिर छिरेर आफ्नो देश छिर्दा आफ्नो देशप्रति दया लाग्छ । जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ । नेपालको जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइदैन ।

उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष ?
-यो सानो ठाउा भए पनि यहाँ धरैथोक पाइन्छ । जस्तै खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा सुविधा । यहाँको मौसम पनि राम्रो लाग्छ । यी कुरा सम्झँदा उपत्यका बस्न मन लाग्छ ।

यहाँका मननपर्ने पक्ष ?
-ट्राफिक जाम र प्रदूषण ।

उपत्यकाको मनपर्ने खानेकुरा ?
-नेवारी खाजा मनपर्छ ।

4620
Shares

ट्रेन्डिङ