सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेका बाल गायक रिभबको “देवी माँ दुर्गा काली” भजन सार्वजनिक (भिडियो सहित )

काभ्रेका बाल गायक रिभबको “देवी माँ दुर्गा काली” भजन सार्वजनिक (भिडियो सहित )

7020
Shares
काभ्रेका बाल गायक रिभबको “देवी माँ दुर्गा काली” भजन  सार्वजनिक (भिडियो सहित )

काभ्रेका बाल गायक रिभब सेवाचार्यको “देवी माँ दुर्गा काली मन्त्र” भजन गीत सार्वजनिक भएको भएको छ । ८ वर्षीया बाल गायक रिभब सेवाचार्यको स्वरमा रहेको भजन शैलीको देवीमा दुर्गा काली बोलको गीत फ्लटर म्युजिक नेपाल (Flutter music Nepal ) युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

ज्योतिष शास्त्री अच्युतानन्द पोखरेलको शब्द,संगीतमा रहेको यस भजनलाई बाल कृष्ण सेवाचार्यले संगीत संयोजन गरेका हुन्।

उक्त भजनका रचनाकार पोखरेलका अनुसार नेपाल भरिका कालीको विभिन्न मन्दिर स्वरुप समेटिएको यो भजनमा दुर्गाको काली रुपको मन्त्र श्रवन मात्रले पनि सर्व रोग निवारण,ग्रह शान्ति ,कामना पुर्तिको अदभुत कृपा प्राप्ति हुने छ ।

दशैको अवसर पारेर सार्वजनिक गरिएको उक्त भजन काभ्रेको बनेपामा रहेको आरध्या देवी चण्डेश्वरी मन्दिर तथा गोसाइँकुण्ड अवस्थित नैमिषारण्य संस्कृत गुरुकुलम् क्षेत्रमा छायांकन गरिएको हो ।

यस भजनको अडियो/भिडियो उत्पादन Flutter music Nepal ले गरेको हो ।

हेर्नुहोस भिडियो :

7020
Shares

ट्रेन्डिङ