सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बाल गायक रिभवको नयाँ गीत ‘बेसन घसेर’ सार्वजनिक (भिडियो)

बाल गायक रिभवको नयाँ गीत ‘बेसन घसेर’ सार्वजनिक (भिडियो)

980
Shares
बाल गायक रिभवको नयाँ गीत ‘बेसन घसेर’ सार्वजनिक (भिडियो)

काभ्रे । बाल गायक रिभव सेवाचार्यको स्वरमा रहेको बेसन घसेर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । निरोज पाण्डेको शब्द र कम्पोज रहेको बेसन घसेर बोलको गितलाई भावना थापाले निर्देशन गरेकी हुन् ।

बेसन घसेर बोलको गितमा गाउँबाट शहर झरेपछि आउने परिवर्तन लाई व्यङात्मक रुपमा प्रस्तुत गरिएको छ ।
Flutter music Nepal युटुवबाट सार्वजनिक भएको भिडियोले एकदमै राम्रो प्रतिक्रृया पाइरहेको छ ।

भिडियो एकै परिवारका सदस्यबाट तयार भएको छ । जसमा भाई गायक, दिदिको अभिनय, आमा निर्देशक र बुबा म्युजिक एरेन्जर साथै भिडियो निर्माता रहनुभएको छ ।

गीतको कोरियोग्रफी सिसम श्रेष्ठले गर्नुभएको छ भने अभिनयमा जरिना सेवाचार्य र रिभव सेवाचार्य, श्रृंगारमा लक्ष्मी श्रेष्ठ, र अतिथी कलाकारहरुमा मनोज भालु, विमला थापा, चमेली श्रेष्ठ, सानु थापा र स्नेहा राजवहाक रहनुभएको छ । यस्तै, ग्रुप डान्सरमा स्मृती बुढाथोकी, रुक्सना राजवाहक, विशेष्ता हुमागाई, र स्नेह राजवाहक हुनुहुन्छ ।

उक्त गीतको म्युजिक एरेन्जर बालकृष्ण सेवाचार्य रहनुभएको गितमा लोक संगीत सङै मोर्डन संगीत पनि समेटि गितलाई नयाँपन दिन खोजिएको छ । गीत एकदमै मौलिक, सरल र सटिक छ भने गीतको कम्पोज अत्यन्त राम्रो रहेको छ ।

980
Shares

ट्रेन्डिङ