सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तत: प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

अन्तत: प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

4285
Shares
अन्तत: प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

नेपाल प्रहरीका आइजिपी नियुक्तिले नयाँ मोड लिएको छ । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्द वीचको भिडन्तको फाइदा नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालललाई फाइदा भइको छ । नवनियुक्त प्रकाश अर्यालयले मध्यरातमा नै फुली लगाएका छन् ।
मन्त्रिपरिषद्ले गत फागुन २ गते डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै । सर्वोच्चले अर्का डिआईजी नवराज सिलवाल वरिष्ठ रहेको र कार्यसम्पादनमा पनि अगाडि रहेको बताउदै कार्यसम्पादनको आधारमा आइजीपि नियुक्त गर्न निर्देशन जारी गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री कार्यालयका सचिव, गृह सचिव र कानुन सचिव रहेको समितिले चार वर्षको कार्यसम्पादन मूल्याङ्कन हिसाब किताब गरी अर्याललाई आइजीपि बनाएको हो । जसले कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त नम्बरहरुको गणना समेत गरेको थियो ।
कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।
अन्ततः २०४४ चैतमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका डिआईजी प्रकाश अर्याल अहिले २०७३ सालको अन्त्य तिर आइर नेपाल प्रहरीको २५ औं महानिरीक्षक बनेका छन् । आइजीपीमा सरकारले चन्दलाई नियुक्ती गरे लगत्तै सिलवाल अदालत पुगेका अब के गर्लान ? यो हेर्न बाँकी नै छ ।
को हुन् अर्याल ?
२०२० असार १४ गते लोकराज अर्यालको पुत्रका अर्याल दाङको त्रिभुवन नगरपालिकामा जन्मिएका हुन् । अर्यालले गाउँकै स्थानीय स्कुलबाट नै २०३५ साल चैतमा एसएसलसी पास गरे । स्कुले जिवनमा नै अर्याल हक्की स्वभावका थिए ।
उनले मानविकी तथा समाजशास्त्रमा प्रवीणता उतिर्ण, अर्थशास्त्रमा स्नातक, व्यापार प्रशासनमा एमबिए गरेका छन् । अर्याल २०४४ साल चैत २९ गते नेपाल प्रहरीको निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् ।
निरिक्षकको तालिम सकिएपछि २०४६ साल बैशाख २९ गतेबाट उनले अपराध अनुसन्धान विभागबाट आफ्नो जिम्मेवारी शुरु गरेका थिए । त्यस्तै अर्याल अहिलेपनि अनुसन्धान क्षेत्रमा निकै अम्बल प्रहरीको रुपमा लिइन्छ ।
अर्याल २०५२ पौस ३० गते प्रहरी निरिक्षकबाट प्रहरी नायव उपरिक्षकमा बढुवा भए । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमको जिम्मेवारी सुम्पियो । उनले लागुआषध नियन्त्रण ब्युरो, त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा सुरक्षाको अनुभव सगांलेका छन् । अर्याललाई सरकारले २०६१ चैत १ गते एसपिमा बढुवा गरेको थियो ।
एसपी भएका समयमा नै उनले २०६३ साउनमा संयुत्त राष्ट्र संघ मिसन सुडानमा जाने अवसर पाए । २०६६ साल कातिकमा एसएपीमा बढुवा भए । २०६९ पुस ४ गते उनी आइजीपी प्रतिष्पर्धी जयबहादुर चन्द, नवराज सिलवाल र बमबहादुर भण्डारी सँगै डीआइजीमा बढुवा भएका थिए ।
डिआइजी बढुवा भए सगै केन्द्रिय अनुसन्धान ब्युरोको जिम्मेवारी सम्हालेका थिए । ब्युरोमा रहँदा कोटेश्वरमा पक्राउ गरेको अवैध ३५ केजी सुनको सरकारी कमिसनको काण्डमा उनि मुछिए । उनको प्रहरी भित्रको छविलाई यस काण्डले केही धमिलो समेत बनायो ।
अर्याललाई २०५५ सालमा नै दुई पटक विभागिय कारवाहीमा परेका थिए। प्रहरी प्रधान कार्यालय नक्सालले नगदसहित कारवाही गरेको थियो । त्यस्तै २०५५ साल मंसरिमा कार्यालयले सचेत गराई छोडेको थियो ।

4285
Shares

ट्रेन्डिङ