सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेल अस्पतालका १२० जना डाक्टर र स्वास्थ्यकर्मी एकान्तबासमा

धुलिखेल अस्पतालका १२० जना डाक्टर र स्वास्थ्यकर्मी एकान्तबासमा

5940
Shares
धुलिखेल अस्पतालका १२० जना डाक्टर र स्वास्थ्यकर्मी एकान्तबासमा

धुलिखेल, २९ साउनः धुलिखेल अस्पतालले आफ्ना १२० जना डाक्टर र स्वास्थ्यकर्मीलाई एकान्तबासमा राखेको छ । तीनदिनको बीचमा उपचारमा संलग्न १ जना स्वास्थ्यकर्मी सहित ४ जना उपचारका लागि आएको बिरामीमा समेत कोरोना संक्रमित पुष्टि भएपछि अस्पताल ती डाक्टर र स्वास्थ्यकर्मीलाई एकान्तबासमा राखेको हो ।

अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै ओपीडी र वार्डमा सहित संक्रमण फैलिएको आंशका भएकाले केहि समय अस्पतालको सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक सेवा भने सञ्चालन हुनेछ ।

अस्पतालमा अहिले २७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एकान्तबासमा रहेको सबै डाक्टर र स्वास्थ्यकर्मीहरुको नमुना संकलन गरी परीक्षण भइरहेको निर्देशक डाक्टर श्रेष्ठले बताउनुभयो ।

5940
Shares

ट्रेन्डिङ