सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • आज २०८० साल साउन ३१ गते बुधबारको राशिफल हेर्नुहोस्

आज २०८० साल साउन ३१ गते बुधबारको राशिफल हेर्नुहोस्

2580
Shares
आज २०८० साल साउन ३१ गते बुधबारको राशिफल हेर्नुहोस्

आज २०८० साल साउन ३१ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

सिंह : दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ।

कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।

मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।

मीन: खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

2580
Shares

ट्रेन्डिङ