सबैको समाचार
शुक्रबार, माघ ४, २०८१
  • होमपेज
  • पुष्पाः २ को टिकट बुकिङ आक्रमक, सबै रेकर्ड तोडिने

पुष्पाः २ को टिकट बुकिङ आक्रमक, सबै रेकर्ड तोडिने

120
Shares
पुष्पाः २ को टिकट बुकिङ आक्रमक, सबै रेकर्ड तोडिने

मुम्बइ । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ले रिलिज अगावै रेकर्ड बनाएको छ ।

अग्रिम बुकिङका हिसाबले फिल्मले नयाँ बेन्चमार्क सेट गरिरहेको छ ।

टिकट बुकिङ सुरु भएको एक दिनमै चलचित्रले अग्रिम टिकटमार्फत कीर्तिमानी कमाई गरेको छ । अहिलेसम्म फिल्मको ३.५ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ । यो संख्या निरन्तर बढिरहेको छ ।

‘पुष्पा २ः द रुल’ को अग्रिम बुकिङले व्यापारिक पण्डितहरु अचम्ममा परेका छन् । अहिले सम्म बिक्रि भएका टिकटको संख्याले दर्शकमा फिल्मको लागि निकै क्रेज रहेको देखाउँछ । सकनिल्कका अनुसार यो समाचार तयार पार्दासम्म फिल्मको ३५३९०८ टिकट बिक्री भइसकेको छ ।

अर्थात् अहिलेसम्म करिब ३.६ लाख टिकट बिक्री भइसकेको छ । भारतमा फिल्मले अग्रिम बुकिङमार्फत अहिलेसम्म १०.६ करोडभन्दा बढी कमाइसकेको छ ।

डिसेम्बर ५ मा रिलिज हुन लागेको यो फिल्मले रिलिज अघि नै १००० हजार करोड कमाइ गरेर किर्तिमान कायम गरिसकेको छ ।

120
Shares

ट्रेन्डिङ