सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पुष्पा २ : टिकटको रकम फिर्ता लिन दर्शकलाई हलको आग्रह

पुष्पा २ : टिकटको रकम फिर्ता लिन दर्शकलाई हलको आग्रह

1030
Shares
पुष्पा २ : टिकटको रकम फिर्ता लिन दर्शकलाई हलको आग्रह

काठमाडौँ । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रूल’ प्रदर्शनमा आएको छ।

यो फिल्म नेपालमा बिहीबार थ्रीडी संस्करणमा रिलिज हुने तयारी थियो। थ्रीडी रिलिज हुने भनेर टिकट समेत बिक्री गरिएको थियो।

यद्यपि, भारतबाट टुडी संस्करण मात्र आएपछि फिल्म थ्रीडीमा रिलिज हुन सकेन्। हलले थ्रीडीको शोमा पनि टुडी प्रदर्शन गरेका छन्।

थ्रीडीको टिकट काटेका दर्शकलाई शुल्क फिर्ता गर्दै टुडी देखाएका हुन्। टुडीको भन्दा थ्रीडीको शुल्क महंगो पर्छ।

थ्रीडी रिलिज हाललाई ढिलाइ भएपछि हलले दर्शकलाई थ्रीडी शुल्क फिर्ता लिन सूचना समेत जारी गरेको छ।

क्युएफएक्सले आफ्नो वेवसाइटमा सूचना जारी गर्दै थ्रीडी मूल्यको रकम फिर्ता लिन हलको काउन्टरमा आउन भनेको छ।

अन्य हलले पनि थ्रीडी शुल्क फिर्ता गरेका छन्।

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत ‘पुष्पा २’ मा सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन छ।

फिल्मले नेपालमा ५ सय ९१ शो पाएर अहिलेसम्मको सर्वाधिक शो पाउने फिल्मको रेकर्ड बनाएको छ। फिल्मलाई हलले बिहान ४ः १५ देखि राति ११ः५५ बजेसम्मको शो दिएका छन्।

1030
Shares

ट्रेन्डिङ