सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • अल्लू अर्जुनको ‘पुष्पा २’ ले तीन दिनमा कति कमायो?

अल्लू अर्जुनको ‘पुष्पा २’ ले तीन दिनमा कति कमायो?

295
Shares
अल्लू अर्जुनको ‘पुष्पा २’ ले तीन दिनमा कति कमायो?

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले ३ दिनमा विश्वव्यापी रूपमा ५९८ करोड ९० लाख भारू कमाएको छ। योसँगै फिल्मले सबैभन्दा छिट्टो ५०० करोड भारू कमाउने फिल्मको रेकर्ड राखेको छ। फिल्मले भारतबाट मात्रै ३८७ करोड ९५ लाख भारू कमाएको हो।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

295
Shares

ट्रेन्डिङ