सबैको समाचार
सोमवार, माघ ७, २०८१
  • होमपेज
  • निर्माता बने सलोन बस्नेत, सके ‘रंगी’ को छायांकन

निर्माता बने सलोन बस्नेत, सके ‘रंगी’ को छायांकन

145
Shares
निर्माता बने सलोन बस्नेत, सके ‘रंगी’ को छायांकन

काभ्रेपलाञ्चोक । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’ को छायांकन पूरा भएको छ।

सान्भी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन २६ दिनमा सकिएको हो।

सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरूङ र विशाल पहारीले अभिनय गरेका छन्।

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ।

बाबुछोरीको कथामा यो फिल्म निर्माण भइरेहको हो। प्रदर्शन मिति भने तय भइसकेको छैन।

145
Shares

ट्रेन्डिङ