सबैको समाचार
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ‘नेपाली चलचित्र क्षेत्रमा सरकारको योगदान शुन्य छ ’ : भुवन केसी

‘नेपाली चलचित्र क्षेत्रमा सरकारको योगदान शुन्य छ ’ : भुवन केसी

230
Shares
‘नेपाली चलचित्र क्षेत्रमा सरकारको योगदान शुन्य छ ’ : भुवन केसी

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन् ।

बिहीबार बोर्डको हलमा आयोजित बिदाई समारोहमा बोल्दै केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताए ।

‘नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त ? नेपाली चलचित्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान जिरो छ । मैले यो गर्दिएँ है भनेर गौरव गर्नलाई नेताहरुले भाषण ठोक्नलाई कुनै ठाउँ छैन ।’ केसीले गुनासो गरे ।

नेपाली फिल्मले आजको दिनसम्म पनि विदेशीसँग प्रतिस्पर्धा गरिराखेको उनले बताए ।

विशेषगरि, फिल्म क्षेत्रका लागि सरकारले कुनै पनि लगानी नगरेको भन्दै उनको आक्रोश थियो । कार्यक्रममा अध्यक्ष केसीले आफ्नो दुई वर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, स्टोरी बैंकमार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन गरेको जानकारी दिए ।

नेपाली फिल्मका लागि सरकारले एउटा स्टुडियो बनाउन नसकेकोप्रति केसीले आक्रोश पोखे ।

यस्तै, विकास बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानूनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको अध्यक्ष केसीको भनाई थियो । केसीले विकास बोर्डबाट आफू बाहिरिए पनि नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा सधैं लागिपर्ने बाचा गरे ।

२०७९ साउन ९ गते बोर्ड अध्यक्षको रूपमा दुई वर्षको कार्यकाल पूरा गर्दै उनी मंगलबार सकिएसँगै बोर्डबाट बिदा भएका हुन् ।

 

230
Shares

ट्रेन्डिङ