सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • काभ्रेको खानिखोलामा ५०% अनुदानमा भैँसी वितरण

काभ्रेको खानिखोलामा ५०% अनुदानमा भैँसी वितरण

125
Shares
काभ्रेको खानिखोलामा ५०% अनुदानमा भैँसी वितरण

काभ्रे :- जिल्लाको खानिखोला गाउँपालिकाले व्यावसायिक पशुपालक किसानलाई ५०% अनुदानमा भैँसी वितरण गरेको छ ।

१० जना किसानलाई ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो । खानिखोला गाउँपालिकाको सहयोगमा उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा भैंसी बितरण कार्यक्रम सम्पन्न गरेको थियो । उपाध्यक्ष जिम्बाले जनतामा उत्साह र युवाहरू बिदेश जनाबाट रोकावट हुने र पशुपालन पकट क्षेत्र बनाउन सक्ने बिश्वास प्रकट गरे ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत हेमन्त घिमिरेले जानकारी दिए । उनले भैँसीसँगै किसानलाई भैसिको बिमा औषधि समेत वितरण गरिएको बताए । अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ ।

भैंसी अनुदानमा पाउने फर्महरु देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा न. ६ त्यसै वडाका अबिना तितुङ, लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा न. ६, गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा न. ६, उकाली ओराली कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा न. ६, चौतारा कृषि तथा पशुपंक्षी फर्म नीर बहादुर थिङ वडा न. २, राकेश कृषि तथा पशुपंक्षी फर्म छोरी मायाँ बल वडा न. ५, जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा न. २, राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा न. ५, प्रगती कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा न. ४, पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ ।

जीविको पार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानिखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहने जानकारी दिए ।

कार्यक्रममा वडा न. ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबु ) लेखापाल बम काजी शेर्पाली, योजना शाखा प्रमुख तथा वडा न. ७ का सचिव मित्र भण्डारी , चण्डीका थापा , पशुप्राविधिकहरु लगाएत कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

125
Shares

ट्रेन्डिङ