सबैको समाचार
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने

काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने

4030
Shares
काभ्रेमा आजबाट फाईजर खोपको दोस्रो डोज लगाईने

काभ्रेमा आजबाट बालबालिकाका लागि फाईजर वायोएनटेक खोपको दोस्रो डोज लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार आजबाट यस अघि फाईजर खोप लगाएका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई दोस्रो डोज लगाईने छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । धुलिखेल अस्पतालमा खोप लगाउन पाईने छ ।

दोस्रो डोज लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड साथैमा लिएर जान स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले आग्रह गर्नुभयो ।

काभ्रेमा हालसम्म फाईजर खोपको पहिलो डोज २ हजार ९९१ जनाले लगायतका छन् । जसमा दोस्रो डोज लगाउने ३ जना मात्रै छन् । जिल्लामा २८ गतेदेखि फाईजर खोप लगाउन सुरू गरिएको थियो ।

 

4030
Shares

ट्रेन्डिङ