सबैको समाचार
शनिबार, कार्तिक २९, २०८३
  • होमपेज
  • कमेडी च्याम्पियन २ का बिक्की अग्रवाललाई मातृशोक

कमेडी च्याम्पियन २ का बिक्की अग्रवाललाई मातृशोक

4010
Shares
कमेडी च्याम्पियन २ का बिक्की अग्रवाललाई मातृशोक

काठमाडौँ, कात्तिक २३ : ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशो क परेको छ । उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।

विक्की र उनकी आमा दुर्गा नेपालको तिहार हेर्न तथा छोरालाई सेटल गराउन भनेर भाइटीकाको दिन नेपाल आएका थिए। मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए। तर, बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेको कलाकार मनोज गजुरेलले भने।

‘आमालाई अ चे त अवस्थामा भेटेपछि उनलाई तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृ त घोषित गरेको थियो। उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन्’, गजुरेलले भने।

भारतको सिक्किम निवासी विक्की काठमाडौंमै सेटल हुन भनेर आएका थिए। घ ट नाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुका ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको ‘कमेडी च्याम्पियन २’का जजसमेत रहेका गजुरेलले जानकारी दिए।

यसअघि ‘कमेडी च्याम्पियन २’ को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन्। करिब ६० वर्षिया दुर्गाको अन्तिम संस्कार सिक्किममै गरिने भएको छ।

4010
Shares

ट्रेन्डिङ