सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फेसबुक मेसेन्जरमा डिसलाइक बटन

फेसबुक मेसेन्जरमा डिसलाइक बटन

5840
Shares
फेसबुक मेसेन्जरमा डिसलाइक बटन

फेसबुक मेसेन्जरमा कसैसँग च्याट गरिरहेको बेला यदि तपाइँलाई उसको कुरा मन परेन भने अब डिसलाइकको बटन थिचेर आफ्नो असन्तुष्टि पोख्न सक्नुहुनेछ ।
फेसबुकका पोष्टहमा प्रतिक्रिया जनाउने विकल्पहरुका बारेमा बहस चलिरहेका बेला फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा चाहीँ डिसलाइक बटनको सुविधा दिने भएको हो ।
टेक्नोलोजी वेबसाइट टेक क्रन्च डट कमको रिपोर्ट अनुसार फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा विद्यमान रिएक्सन्सका विकल्पहरुमा डिसलाइकको अप्सन पनि थप्नेछ ।
फेसबुकको श्रोतको हवाला दिँदै भनिएको छः हामीले मेसेन्जरका प्रयोगकर्तालाई धेरै भन्दा धेरै नजिक तथा मज्जेदार बनाउने तरिका खोजी गरिरहेका हुन्छौँ ।
यो पनि एउटा सानो प्रयास हुनेछ । जसमा हामीले आफ्ना प्रयोगकर्तालाई एउटा इमोजीको माध्यमबाट उनीहरुको भावनालाई सही ढंगले व्यक्ति गर्ने सुविधा दिनेछौँ ।
समाचार अनुसार फेसबुकले सुरुमा मेसेन्जर एपमा मात्रै डिसलाइकको सुविधा दिनेछ । फेसबुकका नियमित पोष्टमा चाहीँ डिसलाइक बटन हुनेछैन । हाल फेसबुकले परीक्षणको रुपमा मेसेन्जर एपमा रहेका अन्य रिएक्सन्स इमोजीसँगै डिसलाइक इमोजी पनि राखेको छ ।
लाइक बटनमा बुढीऔँला माथितर्फ फर्किएको चिन्ह रहेकोमा डिसलाइकमा बुढीऔँला तलतर्फ फर्किएको चिन्ह रहेको छ ।
इमोजीमा राखिएको डिसलाइक इमोजी प्रति प्रयोगकर्ताको पतिक्रियाका आधारमा फेसबुकले मेसेन्जर एपमा लाइक बटन सँगै डिसलाइक बटन पनि थप्ने सोँच गराएको बताइएको छ । एजेन्सी

5840
Shares

ट्रेन्डिङ