सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • क्लासिक टेकको १६औं वार्षिकोत्सवको खुला रक्तदान कार्यक्रममा सयौंलेको सहभागिता

क्लासिक टेकको १६औं वार्षिकोत्सवको खुला रक्तदान कार्यक्रममा सयौंलेको सहभागिता

1545
Shares
क्लासिक टेकको १६औं वार्षिकोत्सवको खुला रक्तदान कार्यक्रममा सयौंलेको सहभागिता

काभ्रेपलाञ्चोक । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित काभ्रेको चारदोबाटोमा वृहत खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा समाज डेन्टल, अल केयर हेल्थ सर्भिस प्रा.लि., चिया स्टेसन बनेपा र शुभकामना सिनेमा हलको सहकार्यमा आयोजना गरिएको कार्यक्रम अल केयर हेल्थ सर्भिसको परिसरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको हो।

कार्यक्रममा सहभागी करिब ४ सय जनाले विभिन्न स्वास्थ्य तथा दन्त सेवा प्राप्त गरेका थिए भने सयौंले रक्तदानमा सहभागिता जनाएका थिए। क्लासिक टेक बनेपा शाखाका प्रमुख निराजन रेग्मीका अनुसार, रक्तदाताहरूलाई विभिन्न सेवा सुविधा समेत प्रदान गरिएको थियो।

रक्तदान गर्ने व्यक्तिहरूलाई शुभकामना सिनेमा हलको एक मुभि निःशुल्क हेर्ने अवसर, चिया स्टेसनको एक मट्का चिया निःशुल्क, अल केयर हेल्थ सर्भिसबाट उपचारमा २० प्रतिशत छुट, सुगर र प्रेसर परीक्षण निःशुल्क, साथै समाज डेन्टलको तर्फबाट निःशुल्क दन्त परीक्षण तथा अन्य सेवामा २० प्रतिशत छुट उपलब्ध गराइएको थियो।

उक्त कार्यक्रममा पनौतीका बिदुर खड्कालाई १२३ पटक रक्तदान गरेको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दीपक कुमार गौतम रहनुभएको थियो। उहाँले क्लासिक टेकले प्रविधि सेवा मात्र नभई समाजप्रतिको उत्तरदायित्व पनि जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

क्लासिक टेकले विगतदेखि नै वार्षिकोत्सव लगायत विशेष अवसरमा सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य जनकल्याणकारी कार्यक्रम गर्दै आएको जनाएको छ।

1545
Shares

ट्रेन्डिङ