सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • स्रोत नखुलेको १ करोड रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको १ करोड रुपैयाँसहित एकजना पक्राउ

685
Shares
स्रोत नखुलेको १ करोड रुपैयाँसहित  एकजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

685
Shares

ट्रेन्डिङ