सबैको समाचार
शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • कक्षा १२ को नतिजा सार्वजनिक : सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

कक्षा १२ को नतिजा सार्वजनिक : सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

150
Shares
कक्षा १२ को नतिजा सार्वजनिक : सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ ।  बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।

३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।

यस्तै  २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ ।

150
Shares

ट्रेन्डिङ