सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • इनारमा खसेकी  महिलाको उद्धार

इनारमा खसेकी  महिलाको उद्धार

1850
Shares
इनारमा खसेकी  महिलाको उद्धार

ललितपुर । ललितपुरको इमाडोलमा इनारमा खसेकी एक जना महिलाको उद्धार गरिएको छ ।

सोमबार बिहान हालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने एक महिला इनारमा खसेकी हुन्।दोलखा घर भएकी उनी इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधान रहेको प्रहरीले जानकारी दिएको छ। 

कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेकी उनी स्ल्याब फुटेर इनारभित्र खसेको प्रहरीले जनाएको छ ।

प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने ९ बजे भएको थियो। त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो।

उनलाई केही चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्।

1850
Shares

ट्रेन्डिङ