सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • विद्यालयका संस्थापकद्वारा विद्यार्थीमाथि कुटपिट

विद्यालयका संस्थापकद्वारा विद्यार्थीमाथि कुटपिट

560
Shares
विद्यालयका संस्थापकद्वारा विद्यार्थीमाथि कुटपिट

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ चोहर्वास्थित सिरहा पब्लिक स्कूलका संस्थापक रामप्रकाश यादवले एक विद्यार्थीमाथि कुटपिट गरेका छन्।

कुटपिटको सिकार भएका रामवृक्ष यादवका १४ वर्षीय छोरा अतिनेश कुमार यादव आइतबारमात्र कक्षा ९ मा भर्ना भई विद्यालयकै होस्टेलमा बस्दै आएका थिए। सोमबार बेलुका रिङमा समयमा नआएको निहुँमा उनलाई लाठी, जुत्ता र मुक्काले कुटिएको पीडितका बुबा रामवृक्ष यादवले जानकारी दिए।

कुटपिटबाट बेहोस भएपछि संस्थापक यादवले पीडितका भिनाजु कैलाश यादवलाई बोलाएर “आफै बेहोस भएको” भन्दै उपचारका लागि पठाएको आरोप छ।

बेहोस अवस्थामै तीन जनाले बोकेर चोहर्वास्थित एक निजी क्लिनिकमा पुर्‍याइएपछि राति १० बजे प्रादेशिक अस्पताल सिरहा लगिएको थियो।

अस्पतालले थप उपचारका लागि विराटनगर रेफर गरेपछि अहिले अतिनेशलाई न्यूरो अस्पताल विराटनगरमा राखिएको छ। उनको घाँटीमा गम्भीर चोट लागेको छ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

560
Shares

ट्रेन्डिङ