काभ्रेपलाञ्चोक । शैक्षिक अवसर र प्रविधिको एकीकृत विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ECAN Kavre Education Fair 2025 मा ClassicTech Internet आधिकारिक इन्टरनेट साझेदार (Official Internet Partner) का रूपमा सहभागी भएको छ।
ClassicTech ले मेलामा उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएर डिजिटल पहुँचलाई सहज बनाएको थियो। यस कदमले मेलामा सहभागी विद्यार्थी र अभिभावकहरूमा प्रविधिमुखी अध्ययनको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।
त्यस्तै, ClassicTech द्वारा सञ्चालन गरिएको गोलाप्रथा (Lucky Draw) मा हालसम्म १,५०० भन्दा बढी विद्यार्थीले नाम दर्ता गराइसकेका छन्। उक्त गोलाप्रथा कार्यक्रम भोलि दिउँसो ३ बजे ClassicTech Internet Kavrepalanchok को आधिकारिक फेसबुक पेजमार्फत LIVE प्रसारण गरिनेछ। ClassicTech का बनेपा शाखा प्रमुख निराजन रेग्मी का अनुसार, १० जना भाग्यशाली विद्यार्थीलाई आकर्षक उपहार प्रदान गरिने छ।


विशेष अफर र घोषणा
ClassicTech ले मेलामा विशेष अफर समेत सार्वजनिक गरेको छ। वार्षिक इन्टरनेट सेवा लिने १० जना ग्राहकलाई थप ६ महिनाको बोनस सेवा उपलब्ध गराइनेछ। यस अफरले विद्यार्थी र अभिभावकमा मेलाप्रति थप उत्साह बढाएको छ।
मेलामा उपलब्ध प्रमुख छुट र अफरहरू
ClassicTech का बनेपा शाखा प्रमुख निराजन रेग्मी ले यस्तो प्रभावशाली शैक्षिक मेलामा आधिकारिक साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै ECAN Kavre र सम्पूर्ण आयोजक टोलिलाई धन्यवाद दिएका छन्।