सबैको समाचार
मङ्लबार, चैत्र २५, २०८१
  • होमपेज
  • धुलिखेलमा अब फिल्म स्टुडियो बन्ने , धुलिखेलले मनायो ३९ औं स्थापना दिवस

धुलिखेलमा अब फिल्म स्टुडियो बन्ने , धुलिखेलले मनायो ३९ औं स्थापना दिवस

200
Shares
धुलिखेलमा अब फिल्म स्टुडियो बन्ने , धुलिखेलले मनायो ३९ औं स्थापना दिवस

पुजन धिताल / काभ्रे :- धुलिखेलमा अब फिल्म स्टुडियो निर्माण हुने भएको छ । धुलिखेल नगरपालिकाले आफ्नो ३९ औ स्थापना दिवस को अवसरमा आयोजित समारोहमा फिल्म सिटि निर्माण गर्ने सम्झौता भएको हो। चलचित्र सुटिङ गर्ने आउटडोर फिल्म स्टुडियो निर्माण गर्ने सम्झौता भएको हो ।

पुर्व मन्त्री एवम ससद गोकुल बास्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । भने कार्यक्रममा साउथकोरियाको एक नगरका मेयरको टिम सङै चलचित्र विकासबोर्डका पुर्व अध्यक्ष लगाएत जनप्रतिनिधि सहित नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि सी ले सम्बोधन गर्दै धुलिखेल वडा न ८ मा फिल्म सिटि निर्माण सुरु गर्ने छौ । बनेपामा टेन्डर भैसकेको छ । बैशाखमा शिलान्यास हुने जानकारी दिनु भयो । बनेपामा नसक्ने कार्य धुलिखेलमा बनाउने फिल्म स्टुडियोमा गर्न सकिने बताउदै अब उपत्यकामा नहुने फिल्म सुटिङ अब धुलिखेलको वडा न ८ को कटुवा पाखामा हुनेमा आस्वस्थ पार्नु भएको थियो ।

प्रमुख अतिथि बास्कोटाले सम्बोधन गर्दै बनेपामा भन्दा ठूलो फिल्म स्टुडियो निर्माण गर्ने सम्झौता र नगरले पाएको सफलता र स्वस्थ शहर बनेकोमा बधाई ब्यक्त गर्दै धुलिखेलका मेयर ब्यान्जुले लामो समय काभ्रेको नेतृत्व गर्ने गरी मेयर अगाडी बडेका बताउदौ आगामी राजनैतिक भविस्यको शुभकामना दिदै । धुलिखेल नेतृत्व जन्माउने थलो बनोस भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो ।

फिल्म सिटि निर्माण गर्न पालिकाले वडा न ८ को कटुवा पाखाको सामुदायिक बनको करिब १३०० रोपनी जग्गा कार्यपालिकाबाट निर्णय गराएर आज स्थापनाको अवसरमा पालिका र चलचित्र विकास बोर्ड विच सम्झौता भएको हो ।फिल्म स्टुडियो निर्माणका लागी वडाको १३०० सय रोपनी जग्गा दिने निर्णय गराएका वडा न ८ का वडा अध्यक्ष विनोद गौतमले अब वडाको पर्यटन विकास र समग्रवडाको विकासमा एउटा कोशे ढुङ्गा साबित हुने विस्वास वडा कार्यलयको रहेको जनाउनु भएको छ ।

धुलिखेल नगरपालिका २०४३ फागुन ५ गते तत्कालीन अबस्थामा नगरपन्चायत घोषणा भएको थियो ।भने स्थापनाको दिवसको अवसरमा पालिकाले रास्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि देखि पालिकाको नामलाई उच्च राख्ने नागरिकलाई सम्मान समेत गरिएको थियो।

200
Shares

ट्रेन्डिङ