सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पार्टीका केहि नेताका कारण मुलुककै सबैभन्दा बदनाम मान्छे संग चुनाब हारेको हु : हुमागाई

पार्टीका केहि नेताका कारण मुलुककै सबैभन्दा बदनाम मान्छे संग चुनाब हारेको हु : हुमागाई

3515
Shares
पार्टीका केहि नेताका कारण मुलुककै सबैभन्दा बदनाम मान्छे संग चुनाब हारेको हु : हुमागाई

काठमाडौं:- काग्रेसका नब मनोनित तथा पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले आफुले चुनाव हार्नुको प्रमुख कारण पार्टी भित्रको असहयोग रहेको बताएका छन् । गत संसदीय निर्वाचनमा नेकपा एमालेका गोकुल बास्कोटा संग पराजित भएका हुमागाईले केन्द्रिय समिति बैठकमा पार्टीभित्रका जिम्मेवार नेताहरु नै आफुलाई हराउन दिन रात खटेको आरोप लगाएका हुन् ।

 

बैठकमा हुमागाईले काग्रेस भित्र अनुशासनलाई निर्ममता पुर्वक लागु गर्नुपर्ने धारणा राख्दै आफु निर्वाचन हार्नुको प्रमुख कारण पनि पार्टी भित्रका केहि नेताहरुको अनुशासनहिनताले गर्दा भएको बताए । पार्टी भित्र अनुशासन उलंघन गर्नेलाई कडाईका साथ कार्वाहि गर्नु पर्ने हुमागाईको दावी थियो ।

 

‘सभापति ज्यू गत निर्वाचनमा म मुलुककै सबैभन्दा बदनाम मान्छे संग चुनाव लडेको मान्छे, पार्टीका जिम्मेवार नेताहरुले त्यहि बदनाम भएको मान्छेलाई सघाए मलाई सघाएनन’ हुमागाईले भने– म अत्यन्तै गम्भिर भएर भन्छु अनुशासनलाई कडाईका साथ अघि बढाईएन भने यो पार्टी अगाडी जान सक्दैन ।

 

केन्द्रिय सदस्य हुमागाईले बैठकमा धारणा राख्ने क्रममा स्थानीय तहमा नेपाली काग्रेसको उत्साह नभएको भन्दै निराशा छाएको बताए । अहिले समाजको लागि सोच्ने भन्दा पनि आफु कसरी बाच्ने भन्ने सोच्ने बेला आएको बताए । यसको प्रमुख कारण विगतमा राम्रो नीति बनाउन काग्रेस चुकेको भन्दै केन्द्रिय सदस्य हुमागाईले आउदो महासमिति बैठकमा काग्रेसलाई बलियो बनाउने नीति बनाउनु पर्ने धारणा सहितको सुझाव पनि ब्यक्त गरेका थिए।

 

 

 

3515
Shares

ट्रेन्डिङ