सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • ६० किलो सुनसँगै पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

६० किलो सुनसँगै पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

85
Shares
६० किलो सुनसँगै पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

 काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका एक चिनियाँबाट नेपाली नागरिकता  फेला परेको छ ।

राजु र कुंग भनेर चिनिने टासीबाट बरामद भएको नेपाली नागरिकता सक्कली रहेको समेत पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

१२ जेठमा   पक्राउ परेका ४१ वर्षीय चिनियाँ नागरिक गंगा टासीबाट काठमाडौंबाटै जारी भएको नेपाली नागरिकता फेला परेको होे ।

नागरिकतासँगै उनीबाट नेपाली राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि भेटिएको छ । टासीबाट  ७ राउन्ड गोली लोड भएको जर्मन अटोमेटिक पेस्तोलसमेत बरामद गरिएको छ ।

सोनाम गुरुङको नाममा उनले नेपाली नागरिकता लिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनी सन् २०१८ देखि फ्लायट भाडामा लिएर काठमाडौंमा बस्दै आएका थिए ।

85
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका