सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • थप तीन हजार ७५ मा को रो ना सङ्क्रमण पुष्टि

थप तीन हजार ७५ मा को रो ना सङ्क्रमण पुष्टि

6315
Shares
थप तीन हजार ७५ मा को रो ना सङ्क्रमण पुष्टि

 

काठमाडौँ, २८ पुस : देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा को रो ना स ङ्क्र मण पुष्टि भएको छ ।

यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ स ङ्क्र मि तभन्दा ६३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् ।

काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय स ङ क्र मि त रहेको मन्त्रालयले जनाएको छ । नयाँ स ङ्क्र मि तमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा जम्मा परीक्षणमध्ये स ङ्क्र म ण दर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना को रो नाबाट निको भएका छन् । को भि डवि रु द्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ ।

हाल सक्रिय स ङ्क्र मितको सङ्ख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा को रो नाबाट दुई जनाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् ।

होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले बताउनुभयो ।

पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उहाँले बताउनुभयो । पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”

 

6315
Shares

ट्रेन्डिङ